२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

Nada
२०८३ साउन १६ गते १६:३०
Shares
चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं : सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ । त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ ।

ncell

विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ ।

सो अवधिमा पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ ।

सम्बन्धित खबर