२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बझाङका ६४ पुल निर्माणका लागि बजेट माग

Nada
सत्यराज सिंह
२०८३ साउन १५ गते २१:२३
Shares
बझाङका ६४ पुल निर्माणका लागि बजेट माग

बझाङ : बझाङ जिल्लामा ४२ वटा मोटरेबल र २२ वटा झोलुङ्गे गरी ६४ वटा पुल निर्माणका लागि बजेट विनियोजन गर्न प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारसँग माग गरेका छन् ।

ncell

महरले शुक्रबार स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहलाई भेटेर आवश्यक पुलहरूको विस्तृत सूची बुझाउँदै बजेट व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

भेटमा उनले भौगोलिक विकटता र खोलानालामा पुलको अभावका कारण बझाङका नागरिकले दैनिक आवतजावत, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा ठूलो सास्ती खेप्नुपरेको उल्लेख गर्दै योजनालाई प्राथमिकतामा राख्न आग्रह गरे ।

महानिर्देशक साहले मागप्रति विभाग गम्भीर रहेको बताउँदै आवश्यक बजेट व्यवस्थापन गरी योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महरले बुङ्गल, खप्तडछान्ना, छविसपाथिभेरा, दुर्गाथली, थलारा, मस्टा, बित्थरचिर, तलकोट, केदारस्यु, सुर्मा गाउँपालिका तथा जयपृथ्वी नगरपालिकामा प्रस्तावित ६४ वटा पुल निर्माणले जिल्लाको विकास र नागरिकको सहज आवतजावतमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर