२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

तराई-मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

Nada
२०८३ साउन १५ गते १८:१५
Shares
तराई-मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तराई-मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा प्रथम उपराष्ट्रपति परमानन्द झासँग राष्ट्रपति भवन शीतलनिवासमा छलफल गरेका छन्।

ncell

राष्ट्रपति कार्यालयका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-कप्तानगञ्जसहित तराई-मधेशका विभिन्न क्षेत्रमा देखिएको विषम परिस्थितिलाई केन्द्रमा राखेर शुक्रबार उक्त परामर्श भएको हो।

छलफलका क्रममा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै मुलुकमा लामो समयदेखि कायम सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान परिस्थितिको समाधानका लागि सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकसँग सहकार्य गर्दै प्रभावकारी पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

सम्बन्धित खबर