२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

गृहमन्त्रीको भ्रमणअघि सिरहामा तनाव, प्रहरीका सवारीसाधन घेराउ

Nada
२०८३ साउन १५ गते १८:०३
Shares
गृहमन्त्रीको भ्रमणअघि सिरहामा तनाव, प्रहरीका सवारीसाधन घेराउ

काठमाडौँ : सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरअगाडि शुक्रबार स्थानीय र सुरक्षा निकायबीच तनाव सिर्जना भएको छ ।

ncell

गृहमन्त्री सुधन गुरुङ मृतकको परिवारलाई भेट्न जाने तयारी भइरहेका बेला सुरक्षा व्यवस्थाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधन स्थानीयले घेराउ गरेका हुन् ।

बिहीबार सुनसरीको घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाही निवासी १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो ।

स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन् । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थिति नियन्त्रणमा राख्न सुरक्षा निकाय परिचालन गरिएको भए पनि स्थानीयको विरोध जारी रहेको जनाइएको छ ।

सम्बन्धित खबर