२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सामाजिक सद्भावविरुद्ध सामग्री प्रसारण गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना नियन्त्रणमा

Nada
२०८३ साउन १५ गते १७:३१
Shares
सामाजिक सद्भावविरुद्ध सामग्री प्रसारण गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना नियन्त्रणमा

काठमाडौँ : सामाजिक सद्भावमा प्रतिकूल असर पुग्ने तथा साम्प्रदायिक भावना भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

ncell

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहाका पाँच र धनुषाका तीन जना रहेका छन् । सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिथोल्ने वा साम्प्रदायिक तनाव बढाउने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

गत साउन १० गते राति सुनसरीको कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपका क्रममा चलेको गोली लागेर एक जनाको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा तनावपूर्ण अवस्था देखिएको छ । उक्त घटनापछि विकसित परिस्थितिमा हालसम्म तीन जनाको ज्यान गएको जनाइएको छ ।

सम्बन्धित खबर