२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

Nada
२०८३ साउन १५ गते १३:५६
Shares
राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

ncell

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुन:स्थापना तथा सुदृढीकरणका लागि भएका संघर्षमा पुर्‍याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गरे ।

सम्बन्धित खबर