२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

धनुषामा सर्वपक्षीय बैठक बस्दै

Nada
२०८३ साउन १५ गते १३:१६
Shares
धनुषामा सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ : धनुषामा विकसित पछिल्लो परिस्थितिलाई सामान्य बनाउने उद्देश्यले शुक्रबार दिउँसो २ बजे सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरिएको छ ।

ncell

सामाजिक सद्भाव सुदृढ बनाउने तथा जिल्लाको अवस्था सहज बनाउने उपायबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भुदेव झाका अनुसार बैठकमा प्रतिनिधि सभा सदस्यसहित विभिन्न राजनीतिक दल र सरोकारवाला पक्षको सहभागिता रहनेछ। छलफलमार्फत परिस्थितिलाई सहज बनाउने विषयमा साझा समझदारी खोजिने उनले बताए ।

प्रशासनका अनुसार बैठकबाट सकारात्मक निष्कर्ष निस्किएमा आजै जिल्लामा सद्भाव र्‍याली आयोजना गर्ने तयारी पनि गरिएको छ । र्‍याली सञ्चालन गर्ने वा नगर्ने अन्तिम निर्णय भने सर्वपक्षीय बैठकबाट हुने जनाइएको छ ।

सम्बन्धित खबर