२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

इपिएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरहरू)

Nada
२०८३ साउन १५ गते १२:३१
Shares
इपिएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरहरू)

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भिड लागेको छ । इपिएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ ।

ncell

राहदानी लिनका लागि लामबद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ ।

यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

घर–घरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामबद्ध नागरिकहरूलाई समयमै राहदानीसमेत दिन नसकेको भन्दै नागरिकहरुले सरकारको विरोध गरिरहेका छन् ।

सम्बन्धित खबर