२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

निर्मल पुर्जासहित १० अन्तर्राष्ट्रिय टोली बेपत्ता, ब्रोड पिकमा ४ शव फेला

शव फेला परेका मध्ये गोरखाका पुरबहादुर गुरुङ ‘युक्त’ को पहिचान खुल्यो

Nada
२०८३ साउन १५ गते १२:१२
Shares
निर्मल पुर्जासहित १० अन्तर्राष्ट्रिय टोली बेपत्ता, ब्रोड पिकमा ४ शव फेला

काठमाडौँ : पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको खोजी जारी रहँदा घटनास्थलबाट ४ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये एक जनाको  पहिचान खुलेको छ ।

ncell

पहिचान खुल्नेमा नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’ रहेका छन् । गोरखाको लाप्राकका गुरुङले १०औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका थिए । गुरुङले पछिल्लो पटक यसै वर्ष (२०२६)को २० मेमा सगरमाथाको सफल आरोहण गरेका थिए ।
१०‍औँ पटक सगरमाथाको आरोहणपछि गुरुङले शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथा शिखरमा पुग्ने आरोहीको कीर्तिमान कायम गरेका थिए ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानका अनुसार उद्धार टोलीले स्थलगत खोजीका क्रममा चारवटा शव फेला पारेको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उद्धार तथा खोजी अभियानलाई तीव्र बनाइएको जानकारी दिएका छन् ।

उनका अनुसार उद्धारकर्ता तथा आवश्यक उपकरणसहित हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ । प्रतिकूल हिमाली मौसम र कठिन भूगोलका बीच बेपत्ता आरोहीहरूको खोजी जारी रहेको उनले बताएका छन् ।

हिमपहिरोमा परी बेपत्ता हुनेमा विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई) सहित नेपाल, पाकिस्तान, ओमान, चीन र अमेरिकाका गरी १० जना सदस्य रहेको अन्तर्राष्ट्रिय टोली छ ।

को-को छन् त बेपत्ता ?
निर्मल पुर्जा (निम्स दाई) (नेपाल – टोली नेता)
पुरबहादुर गुरुङ (युक्ता) (नेपाल)
किली पेम्बा शेर्पा (किलु) (नेपाल)
निमा शेर्पा (नेपाल)
नवाङ थिन्दु शेर्पा (नेपाल)
नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान)
सोहेल साखी (पाकिस्तान)
वाङ जोङ (चीन)
मेलोरी गिस (अमेरिका)

सम्बन्धित खबर