२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मन्दिरमा मृत भेटिएका व्यक्ति पुजारी नभएको प्रहरीको स्पष्टिकरण

Nada
२०८३ साउन १५ गते १२:०२
Shares
मन्दिरमा मृत भेटिएका व्यक्ति पुजारी नभएको प्रहरीको स्पष्टिकरण

काठमाडौँ : धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट पारेको छ । घटनालाई लिएर विभिन्न माध्यममा आएका विवरणप्रति ध्यानाकर्षण जनाउँदै प्रहरीले मृतकको पहिचान र घटनाको प्रकृतिबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १५ गते राति करिब ९ बजे सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार मृतक मन्दिरका पुजारी नभई घुमीहिँड्ने तथा बाहिर कामकाज गरी मन्दिर परिसरमा आएर सुत्ने व्यक्ति थिए ।

घटनापछि तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटना विशुद्ध आपराधिक प्रकृतिका व्यक्तिहरूबाट भएको देखिएको प्रहरीको भनाइ छ । त्यसैले घटनालाई कुनै पनि धार्मिक विवादसँग नजोडी शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न प्रहरीले सबै नागरिकसँग अपिल गरेको छ ।

प्रहरीले घटनामा संलग्न जो–सुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर