२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

गगन थापाको भारत भ्रमण स्थगित

Nada
२०८३ साउन १० गते १३:२२
Shares
गगन थापाको भारत भ्रमण स्थगित

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ ।

नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको कार्यक्रम थियो । विशेष आन्तरिक तथा प्राविधिक कारणले गर्दा भ्रमण स्थगित भएको जनाइएको छ ।

थापा शनिबार भारत जाने तयारीमा थिए । पछि भ्रमणको तालिका परिवर्तन गर्दै आइतबारका लागि सारिएको थियो । भारतको नयाँ दिल्लीमा नेपाली काँग्रेसको जनसम्पर्क समितिले अधिवेशन आयोजना गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई औपचारिक निमन्त्रणा गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर