२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

बंगलादेशमा ॐकार परिवारमाथि भएको घटनाप्रति आपत्ति

shivam cement
मध्यान्ह
२०८१ साउन २४ गते २१:२०
बंगलादेशमा ॐकार परिवारमाथि भएको घटनाप्रति आपत्ति

काठमाडौं : नेपाल सनातन धर्म संस्कृति संगठनले बंगलादेशमा ॐकार परिवारमाथि अमानवीय कार्य भएको भन्दै आपत्ति जनाएको छ । संगठनका महासचिव दीपक सुवेदीले बिहीबार एक विज्ञप्ति जारी गर्दै  सनातन धर्म, ॐकार परिवारका व्यक्ति र मठमन्दिर जस्ता स्थलहरू हिंसाको मारमा परेको खबरले आफूहरुलाई दुःखी बनाएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ,‘सो देशमा यतिवेला सनातन धर्म, ॐकार परिवारका घर, बस्ति, मठमन्दिरलगायत माथि भएको क्रूर अमानवीय आक्रमण, तोडफोड, नुट्पाट, हत्याहिंसाप्रति यस संगठनले घोर आपत्ति जनाउँदै यस प्रकारको अमानवीय कार्यको घोरभर्त्सना गर्दछ ।’

यस्तै अमानवीय हिंसात्मक कार्यलाई तुरुन्त रोकी पीडितहरूलाई उचित क्षतिपूर्ति एवं सम्बन्धित सबैको सुरक्षाको ग्यारेण्टीको व्यवस्था गर्न संगठनले नेपालस्थित बंगलादेश राजदुतावास र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलगायत सम्बद्ध निकायमार्फत बंगलादेशका सुरक्षानिकाय लगायत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।  

संगठनले त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित रहन तथा नेपाल फर्कन चाहनेहरूलाई नेपाल फर्काउन उचित व्यवस्थाको लागि अविलम्ब उचित पहल गर्न पनि सरकारसँग माग समेत गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise