२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : पाँचै जनाको मृत्यु

मध्यान्ह
२०८१ साउन २३ गते १५:२८
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : पाँचै जनाको मृत्यु

काठमाडौँ : नुवाकोटमा भएको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनामा चार चिनियाँ पर्यटकसहित क्याप्टेनको शव फेला परेको छ । नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो । 

मृत्यु हुनेमा चिनियाँ पर्यटक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सीसहित क्याप्टेन अरुण मल्ल रहेका छन् । 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टरमा ४ जना विदेशी र एक जना क्याप्टेन गरी ५ जना सवार रहेका थिए । 

हेलिकप्टर दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगिसकेको छ ।

ADV

सम्बन्धित खबर