२०८२ जेठ २८ गते बुधवार / Jun 11 , 2025 , Wednesday
२०८२ जेठ २८ गते बुधवार
Ads

धादिङमा माइक्रोमाथि पहिरो खस्यो

मध्यान्ह
२०८१ साउन २१ गते १०:४२
धादिङमा माइक्रोमाथि पहिरो खस्यो

काठमाडौँ :  धादिङमा गुडिरहेको माइक्रो बसमाथि पहिरोसहित रुख खसेको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । 

पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । उनीहरूको परिचय खुलिसकेको छैन ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

ADV

सम्बन्धित खबर