२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

मध्यान्ह
२०८१ साउन १८ गते १४:२५
प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

स्वर्गद्वारीः प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । 

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा  झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा  उपचार भइरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर