२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रण

मध्यान्ह
२०८१ साउन १८ गते ११:४३
महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रण

काठमाडौं– कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज बिहान डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको हो ।

महिलामाथि आक्रमण गरेकै स्थान दोधाराचाँदनी नगरपालिका–२ को उखुबारीबाट नियन्त्रणमा लिई बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ  । बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा सोही ठाउँकी २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो । शाहको घटनास्थलमै मृत्यु भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर