२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

‘लक्ष्मी उन्नति कोष’को प्रतिफल घोषणा

मध्यान्ह
२०८१ साउन १६ गते २१:१७
‘लक्ष्मी उन्नति कोष’को प्रतिफल घोषणा

काठमाडौं : लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ ।

कम्पनीद्वारा सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्द मुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरीक्षण गरी इकाई धनीलाई लाभांश घोषणा गरेको हो । साउन १४ गते बसेको संचालक समितिको १४४औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि ‘लक्ष्मी उन्नति कोष’ का इकाइ धनीहरुलाई कर सहित ७.५ प्रतिशत प्रतिफल  र ‘लक्ष्मी भ्यालु फन्ड २’ का इकाई धनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

साथै ‘शुभ लक्ष्मी कोष’ नामक खुलामुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन १४ गते बसेको सञ्चालक समितिको सोही बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि सो योजनाका इकाई धनीहरुलाई कर सहित ७.५ प्रतिशत प्रतिफल  वितरण गर्ने निर्णय गरेको हो ।

‘लक्ष्मी उन्नति कोष’ एक खुला मुखी योजना हो । यस योजनाका इकाई धनीहरुले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो करपछिको लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लगानी योजनामार्फत् उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।

ADV

सम्बन्धित खबर