२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

एआईजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

मध्यान्ह
२०८१ साउन १६ गते १३:००
एआईजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेकोलगायतका विषयमा छानबिन हुनेछ ।

संगठनमा चेन अफ कमाण्डलाई बाइपास गरेर काम गरेको आरोप पनि ज्ञवालीमाथि लगाइएको छ ।

ADV

सम्बन्धित खबर