२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जेनजी आन्दोलनपछि राजसंस्था पुनर्स्थापनाको प्रयास गर्नुस् भन्दै शीर्ष दुई नेताको फोन आयो : कमल थापा

Nada
२०८२ पुष १६ गते १६:११
Shares
जेनजी आन्दोलनपछि राजसंस्था पुनर्स्थापनाको प्रयास गर्नुस् भन्दै शीर्ष दुई नेताको फोन आयो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनर्स्थापनको प्रयास गर्न आग्रह गरेको दाबी गरेका छन् । 

ncell

बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले देश संकटमा परेको भन्दै राजसंस्था पुनर्स्थापना गर्न प्रयास गर्न आग्रह गर्दै ती शीर्ष नेताहरूले त्यसका लागि राजनीतिक वातावरण बनाइदिने बताएको उल्लेख गरे ।

उनले तत्कालीन समयमा आफूसँग प्रयास गर्ने हैसियत र सम्भावना पनि नभएका कारण केही गर्न नसकेको जिकिर गरे । उनले राजनीतिक दलका शीर्ष नेताहरूको नाम भने खुलाएनन् ।

उनले जेनजी आन्दोलन राष्ट्रवादी शक्तिहरूबीचको एकताको उत्प्रेरक रहेको समेत बताए ।

ताजा खबर

सम्बन्धित खबर