२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मुलुकमा भयरहित निर्वाचन कसरी हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत छ : प्रदीप ज्ञवाली

Nada
२०८२ पुष १५ गते १५:००
Shares
मुलुकमा भयरहित निर्वाचन कसरी हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत छ : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताएका छन् ।

ncell

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताएका हुन् ।

नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरूले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकी रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकिरसमेत गरे ।

एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पारे ।

ताजा खबर

सम्बन्धित खबर