२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

चन्द्र ढकालका छोरा सचिन रास्वपाको समानुपातिक सूचीमा

Nada
२०८२ पुष १५ गते १३:१३
Shares
चन्द्र ढकालका छोरा सचिन रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा तथा युवा उद्यमी सचिन ढकाल औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा उनको नाम समेटिएसँगै उनी राजनीतिक वृत्तमा चर्चामा आएका हुन् ।

ncell

रास्वपाले बालेन शाह र कुलमान घिसिङ नेतृत्वको पार्टी ‘उज्यालो नेपाल’सँग भएको सहमति अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ । सोही सूचीमा सचिन ढकाल खस आर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा समेटिएका छन् ।

युवा उद्यमीका रूपमा चिनिएका ढकाल आइएमई ग्रुपका निर्देशक हुन् । उनी खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसायमा सक्रिय छन्। नेपाल सुपर लिग अन्तर्गतको टोली एसपी चितवन तथा फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष समेत रहेका ढकाल पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा थप सक्रिय देखिएका छन् । उनको व्यवस्थापनमा ‘इला कम्फर्ट होटल’हरू सञ्चालनमा छन् ।

ढकाललाई बालेनको कोटाबाट समानुपातिक सूचीमा समेटिएको बताइएको छ । युवा, व्यवसाय र व्यवस्थापन क्षेत्रमा अनुभव बटुलेका ढकालको राजनीतिक आगमनलाई रास्वपाभित्र पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर