२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

म खुसी छु, जेनजीहरूले सरकार छोड्नु नभन्नुहोस् : प्रधानमन्त्री कार्की 

Nada
२०८२ पुष १२ गते १८:०१
Shares
म खुसी छु, जेनजीहरूले सरकार छोड्नु नभन्नुहोस् : प्रधानमन्त्री कार्की 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा शनिबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेकी छन् । बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचन, सरकारको स्थायित्व तथा सहकार्यका विषयमा विस्तृत विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ncell

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकारप्रति दलहरूको धारणा र सहयोगको अवस्थाबारे खुलेर कुरा गरेकी थिइन् । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘म यसमै खुसी छु कि कुनै जेनजीवालाहरूले मलाई सरकार छोड भन्नु भएन ।’ उनको यो भनाइलाई सरकारप्रति तत्काल ठूलो असन्तुष्टि नरहेको संकेतका रूपमा लिइएको छ ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच सहमति र संवाद कायम रहनु लोकतन्त्रको मजबुत आधार भएको उल्लेख गरिन् । उनले सरकार संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा अघि बढिरहेको भन्दै सबै पक्षबाट जिम्मेवार सहयोगको अपेक्षा रहेको बताइन् । 

बैठकमा सहभागी नेताहरूले पनि वर्तमान परिस्थितिमा राजनीतिक स्थिरता आवश्यक रहेको र संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले निर्वाचनको तयारी, सुशासन र आर्थिक सुधारका विषयमा सरकारसँग सहकार्य गर्न सकिने संकेत दिएका छन् ।

बालुवाटारमा भएको यो छलफललाई पछिल्लो समय देखिएको राजनीतिक असमञ्जसबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ भने तीन शीर्ष दलहरूले आगामी फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने प्रतिवद्धता गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर