२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेता–कार्यकर्तालाई एकजुट भएर चुनावमा लाग्न प्रचण्डको निर्देशन

Nada
२०८२ पुष ११ गते १८:५५
Shares
नेता–कार्यकर्तालाई एकजुट भएर चुनावमा लाग्न प्रचण्डको निर्देशन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना नहुने दाबी गर्दै अब निर्वाचनको विकल्प नरहेको बताएका छन् । 

ncell

पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमाले पनि अदालतको प्रक्रिया टुंगिएसँगै निर्वाचनतर्फ केन्द्रित हुने जिकिर गरे । संसद् पुनर्स्थापना नहुने र निर्वाचन अघि बढिसकेको भन्दै प्रचण्डले सबै दल र जनतालाई चुनावमा एकढिक्का हुन आह्वान गरे । 

निर्वाचन नगरे देश थप अन्योल र जोखिमतर्फ जाने चेतावनी दिँदै उनले नेता–कार्यकर्तालाई एकजुट भएर चुनावमा लाग्न निर्देशन दिए ।

ताजा खबर

सम्बन्धित खबर