२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

'निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस सकियो'

Nada
२०८२ पुष ११ गते १६:४१
Shares
'निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस सकियो'

काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् ।

ncell

शुक्रबार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उनको भनाइ छ । उनले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई शतर्क गराउन सञ्चारमाध्यमहरूलाई अनुरोध गरे ।

यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत ध्यानपूर्वक हेर्न उनको आग्रह छ । उनले अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको कुरा राखेकोले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।

भण्डारीले मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सक्रिय सहभागी गराई सक्षम व्यक्तिहरूलाई संसदमा पठाउनुपर्ने सबैको साझा दायित्व भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर