२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रचण्डसँग सञ्चारमन्त्रीको भेट

Nada
२०८२ पुष ११ गते १४:०६
Shares
प्रचण्डसँग सञ्चारमन्त्रीको भेट

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

ncell

सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले शुक्रबार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ । 

मन्त्री खरेलले शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलका लागि पनि सबै शीर्ष नेताहरूलाई निम्तो दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर