२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आपसी छलफलमा देउवा, ओली र प्रचण्ड 

Nada
२०८२ पुष ८ गते १८:५५
Shares
आपसी छलफलमा देउवा, ओली र प्रचण्ड 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसँगै तीन ठूला दलका शीर्ष नेताले छलफल गरेका छन् । मंगलबार अपरान्ह ४ बजे उनीहरूले छलफल गरेका हुन् । 

ncell

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा छन् । 

प्रधानमन्त्री केही समयअघि शीतल निवासबाट बाहिरिए लगत्तै ओली, देउवा र प्रचण्डले पुनः छलफल जारी राखेको राष्ट्रपति कार्यालयका स्रोतले जनाएको छ ।

उनीहरूबीच भइरहेको छलफलबारे केही खुलाइएको छैन ।

ताजा खबर

सम्बन्धित खबर