२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

निर्वाचनमा जाने पार्टीको निर्णय कार्यान्वयनको विकल्प छैनः नेता पौडेल

Nada
२०८२ पुष ८ गते १५:०३
Shares
निर्वाचनमा जाने पार्टीको निर्णय कार्यान्वयनको विकल्प छैनः नेता पौडेल

काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

ncell

पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेका बेला नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । उनले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र सम्भव भएकाले कांग्रेसले सोही अनुसारको भूमिका खेल्नुपर्ने बताए । उनले पार्टीका सांसदहरूको व्यक्तिगत असन्तुष्टि वा धारणाभन्दा पनि पार्टीको संस्थागत निर्णय नै सर्वोपरि हुने जिकिर गरे।

नेता पौडेलले निर्वाचनमा जानुपूर्व पार्टीको महाधिवेशन सम्पन्न गर्नु अनिवार्य रहेको समेत बताए । महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नसक्ने उनको चेतावनी छ । एमाले लगायतका अन्य दलले अधिवेशन गरिसकेको अवस्थामा कांग्रेसले पनि आफूलाई अद्यावधिक गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर