२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जेनजी आन्दोलनबाट भागेका कांग्रेस–एमालेले निर्वाचन बिथोल्ने प्रयास गरे : रवि लामिछाने

Nada
२०८२ पुष ६ गते १६:४२
Shares
जेनजी आन्दोलनबाट भागेका कांग्रेस–एमालेले निर्वाचन बिथोल्ने प्रयास गरे : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने चुनावमा नेपाली कांग्रेस र नेकपा (एमाले)लाई सामना गर्न चुनौती दिएका छन् । 

ncell

सहकारी ठगी प्रकरणमा करिब ९ महिना जेल बसेर धरौटीमा रिहा भएका लामिछानेले सोमबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनपछि भागेका शक्तिहरूले निर्वाचन बिथोल्ने र शान्ति सुरक्षा बिगार्ने प्रयास गरिरहेको आरोप लगाए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि नभागी चुनावमा सहभागी हुन चुनौती दिँदै बहादुरीसाथ चुनाव जितेर देखाउन चुनौती दिए । उनले आफूहरू उत्साहित भए पनि उत्सव नमनाएको दाबी गर्दै उनले शहीदका सपना पूरा गर्न रास्वपा तयार रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर