२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले पदाधिकारीमा गोकर्ण र योगेश बने प्रतिपक्षी आवाज

Nada
२०८२ पुष ३ गते १४:२५
Shares
एमाले पदाधिकारीमा गोकर्ण र योगेश बने प्रतिपक्षी आवाज

काठमाडौं । नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । 

ncell

दुई प्यानलबीच प्रतिस्पर्धा भएको निर्वाचनमा अधिकांश पदमा ओली समूहकै उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै सफल भए । सचिव पदमा भने सबै ओली प्यानलका उम्मेदवार विजयी भएका छन् । परिणामअनुसार पदाधिकारीमा ओलीको प्यानल नै हाबी हुन सकेन । 

नव निर्वाचित पदाधिकारीहरू :

अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट, महासचिवमा शंकर पोखरेल उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, सचिवमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत निर्वाचित भएका छन् ।

सम्बन्धित खबर