२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले महाधिवेशन : अन्तिम मतपरिणाम सार्वजनिक, यस्तो बन्यो टिम 

Nada
२०८२ पुष ३ गते १३:३८
Shares
एमाले महाधिवेशन : अन्तिम मतपरिणाम सार्वजनिक, यस्तो बन्यो टिम 

काठमाडौँ : नेकपा एमालेको महाधिवेशनको अन्तिम मतपरिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।

ncell

अन्तिम मतपरिणामअनुसार ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।

भृकुटीमण्डपमा बिहीबार सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ओली  १ हजार ६६३ मत मतसहित निर्वाचित भए । उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा विजयी पृथ्वीसुब्बा गुरुङले १७३७, विष्णुप्रसाद पौडेलले १६७५ रामबहादुर थापा बादलले १५१६, गोकर्णराज विष्टले १३६८, रघुजी पन्तले १२५८ मत पाएका छन् । 

महासचिवमा विजयी शंकर पोख्रेलले १२२८ मत पाएका छन् । उपमहासचिवमा लेखराज भट्ट १४५२, योगेश भट्टराई १३४८, रघुवीर महासेठ १३६८ मतसहित विजयी भए । 

सचिवमा विजयी भएका महेश बस्नेतलाई १५४४, पद्माकुमारी अर्याललाई १५३०, छविलाल विश्वकर्मालाई १५०६,शेरधन राईलाई : १५०३ हिक्मतकुमार कार्कीलाई १३३७, खगराज अधिकारीलाई १२३१, यामलाल कंडेललाई ११८५, राजन भट्टराईलाई ११८१, भानुभक्त ढकाललाई ११०८ मत प्राप्त भएको छ । 

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष 
केपी शर्मा ओली

उपाध्यक्ष 
पृथ्वी सुब्बा गुरुङ
बिष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त

पृथ्वी सुब्बा गुरुङ
बिष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त

महासचिव
शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

सम्बन्धित खबर