२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमालेको नेतृत्व छान्न मतदान हुँदै (तस्बिरसहित)

Nada
२०८२ पुष २ गते ११:२२
Shares
एमालेको नेतृत्व छान्न मतदान हुँदै (तस्बिरसहित)

काठमाडौँ : नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान सुरु भएको हो । 

ncell

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका हुन् । मंगलबार बेलुकाबाट हुने भनिएको मतदान विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहान मतदान सारिएको हो ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 


 

सम्बन्धित खबर