२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रोल्पामा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ मंसिर २९ गते १६:३०
Shares
रोल्पामा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिका–५ पुतलाचौरमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सोमबार सम्पन्न भएको छ ।

ncell

गाउँपालिका अध्यक्ष हरिप्रसाद बुढा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य राजबहादुर बुढा मगर थिए । विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश अधिवेशन आयोजक समिति सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष टंकबहादुर बुढा रहेका थिए ।

No description available.

यसैगरी, लुम्बिनी प्रदेश अधिवेशन आयोजक समिति सदस्यहरू हितकुमारी बुढा मगर, मनप्रसाद घर्ती, सुकबहादुर बुढा मगर, प्रदेश सल्लाहकार दलबहादुर बुढा मगर, प्रदेश सदस्य मनबहादुर बुढा तथा जिल्ला सदस्य कलादेवी खत्री लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा गाउँपालिका उपाध्यक्ष देवबहादुर बुढा मगरले स्वागत मन्तव्य राखेका थिए । पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको सभामा राजबहादुर बुढा मगर, टंकबहादुर बुढा, हितकुमारी बुढा मगर, सुकबहादुर बुढा मगर र मनप्रसाद घर्ती लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

सभा सञ्चालन पार्टी गाउँपालिका सदस्य पारस वलीले गरेका थिए ।

सम्बन्धित खबर