२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ५ प्रतिशत कोटा 

Nada
२०८२ मंसिर २८ गते १७:४४
Shares
एमाले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई ५ प्रतिशत कोटा 

काठमाडौं : नेकपा (एमाले)को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व करिब ५ प्रतिशत सुनिश्चित गरिएको छ । 

ncell

११औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीमा सबै ८ प्रदेशबाट एक–एक जना युवा रहनेछन् ।  

साथै खुला कोटाबाट २, जनजाति/आदिवासीतर्फ २, मधेशीतर्फ २ र दलिततर्फ १ जना युवा समेटिँदा जम्मा १५ जना युवा सदस्य हुनेछन् । 

युवाका लागि ५ प्रतिशत कोटा राखिएको छ । यद्यपि केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठ्दै आएको छ । 

सचिव योगेश भट्टराईले सचिवालय बैठकमा १५ प्रतिशत युवा कोटा प्रस्ताव गरेका छन् ।

सम्बन्धित खबर