२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पोखरेललाई ओलीको प्रश्न– ‘अरूको एजेन्डा बोकेर मलाई कारबाही गर्नु भन्ने ?’

Nada
२०८२ मंसिर २८ गते १५:३८
Shares
पोखरेललाई ओलीको प्रश्न– ‘अरूको एजेन्डा बोकेर मलाई कारबाही गर्नु भन्ने ?’

काठमाडौं : नेकपा (एमाले)को आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

ncell

आत्मआलोचना र प्रतिवेदनका नाममा आफूमाथि प्रहार गरिएको भन्दै ओलीले अरूको एजेन्डा बोकेर कारबाहीको माग गरिएको आरोप लगाए । विपक्षी र मिडियाले समेत भन्न नसक्ने कुरा आफ्नै नेताले दस्तावेजमा राखेको भन्दै उनले प्रश्न गरे, ‘अरूको एजेन्डा बोकेकर मलाई कारबाही गर्नु भन्ने ?’

आन्तरिक असन्तुष्टिका बीच पनि आफू भाग्यमानी नेता भएको दाबी गर्दै ओलीले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको बताए ।

ओलीले नयाँ नेतृत्व चयन भई शपथ नहुञ्जेल सबै केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने र बन्दशत्र सञ्चालनका लागि बन्ने अध्यक्षमण्डलको अध्यक्षता आफूले गर्ने जानकारी पनि दिए ।

सम्बन्धित खबर