२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विधान अधिवेशनबाट पारित पदाधिकारी संख्या घटाउने निर्णय उल्ट्याइयो किन ? 

Nada
२०८२ मंसिर २८ गते १४:५५
Shares
विधान अधिवेशनबाट पारित पदाधिकारी संख्या घटाउने निर्णय उल्ट्याइयो किन ? 

काठमाडौं : नेकपा (एमाले)ले तीन महिनाअघि सम्पन्न गरेको विधान महाधिवेशनबाट पारित गरिएको पदाधिकारी संख्या घटाउने निर्णय उल्ट्याएको छ । 

ncell

विधान महाधिवेशनले पदाधिकारी १९ बाट घटाएर १५ जनामा सीमित गर्ने निर्णय गरे पनि महाधिवेशन सुरु भइसकेपछि बसेको केन्द्रीय समिति बैठकले पुनः १९ जना पदाधिकारी बनाउने प्रस्ताव अघि सारेको हो । 

केन्द्रीय समितिको निर्णयलाई महाधिवेशनको बन्दसत्रमा प्रस्तावका रूपमा पेस गरिने र अनुमोदनपछि सोही अनुसार नेतृत्व चयन हुने एमालेले जनाएको छ । 

निर्णय फेरबदलको स्पष्ट कारण सार्वजनिक नगरिए पनि नेतृत्व व्यवस्थापनको आवश्यकता देखिएपछि पदाधिकारी संख्या बढाइएको हुन सक्ने आकलन गरिएको छ । 

यद्यपि एमाले नेता केही नेताले विधान महाधिवेशनको नीति सम्बन्धी सर्वोच्चता स्वीकार्य भए पनि नेतृत्व चयन र पदाधिकारी संख्या तय गर्ने अधिकार राष्ट्रिय महाधिवेशनकै भएको बताएका छन् ।

सम्बन्धित खबर