२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेस निवर्तमान ३ सांसदद्वारा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा 

Nada
२०८२ मंसिर २६ गते १७:०१
Shares
कांग्रेस निवर्तमान ३ सांसदद्वारा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा 

काठमाडौं : नेपाली कांग्रेसका तीन निवर्तमान सांसदले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । 

ncell

सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी र राजेन्द्र केसीले आगामी निर्वाचनमा उम्मेदवारी नदिने जनाएका हुन् । 

बाजुराबाट प्रत्यक्ष निर्वाचित भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनेका पाण्डेले जेनजी आन्दोलनका माग समयमै सम्बोधन हुन नसकेको नैतिक जिम्मेवारीस्वरूप आफू चुनावमा नउत्रने बताए ।

लगातार तीन कार्यकाल काठमाडौं–१० बाट विजयी भएका केन्द्रीय सदस्य केसीले पनि अब प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभाका कुनै पनि निर्वाचनमा नलड्ने घोषणा गर्दै पार्टीमा पुस्तान्तरण आवश्यक भएकाले आफूले मार्ग प्रशस्त गरेको बताए ।

त्यसैगरी, धादिङ क्षेत्र नम्बर–२ का सभापति तथा पूर्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पनि फागुन २१ को निर्वाचनका लागि उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

सम्बन्धित खबर