२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

डोल्पा र मनाङ बाहेक देशैभर रास्वपाको संगठन विस्तार भएको छ : अर्याल

Nada
पूर्ण सार्की
२०८२ मंसिर २६ गते १२:५३
Shares
डोल्पा र मनाङ बाहेक देशैभर रास्वपाको संगठन विस्तार भएको छ : अर्याल

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले डोल्पा र मनाङ बाहेक देशैभर पार्टी विस्तार भइसकेको बताएका छन् ।

ncell

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न संघीय राजधानी काठमाडौंबाट शुक्रबार बिहान सुर्खेत पुगेका अर्यालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै डोल्पा र मनाङ बाहेक सबै जिल्लामा संरचना विस्तार भइसकेको बताएका हुन् । उनले भने, 'डोल्पा र मनाङमा मात्र औपचारिक प्रक्रिया बाँकी छ, बाँकी सबै ठाउँमा सानो–ठुलो संरचना विस्तार भइसकेको छ ।'

कर्णालीप्रति रास्वपा नेतृत्वको ध्यान कम गएको जनगुनासो बढेपछि यसपटक आफूले कर्णालीलाई प्राथमिकतामा राखि कर्णाली पुगेको अर्यालले बताए। 'कर्णालीका साथीहरूको आवाज सुनेर नै म यसपालि सुर्खेत आएको हुँ,' उनले भने ।

रास्वपा सभापति रवि लामिछानेप्रति सरकारले अझै स्पष्ट धारणा नदिएको, अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम उठाएको र अहिले पनि धेरै विषय अदालतको निर्णयमा आश्रित रहेको अर्यालले बताए ।

उनका अनुसार एजेन्डा मिल्ने कुनै पनि राजनीतिक दलसँग सहकार्य गर्न रास्वपा तयार रहेको समेत बताए । 'हामी विकल्पको राजनीतिमा छौं । जेनजीले उठाएका मुद्दा रास्वपाले स्थापनादेखि नै बोकेको विषय हो,' अर्यालले भने ।

आज वीरेन्द्रनगरमा हुने कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूलाई आगामी राजनीतिक दिशा, संगठन विस्तार र कार्ययोजनाबारे प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नको लागि कार्यवाहक सभापति अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा नीवर्तमान प्रतिनिधि सभा समानुपातिक सांसद बिनिता कठायतलगायतका शीर्ष नेतृत्वहरु कर्णाली पुगेका छन् ।

सम्बन्धित खबर