२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मन्त्रिपरिषद् विस्तार गरिँदै, ४ मन्त्री थपिने

Nada
२०८२ मंसिर २६ गते ११:५७
Shares
मन्त्रिपरिषद् विस्तार गरिँदै, ४ मन्त्री थपिने

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छिन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

ncell

आज ४ मन्त्री थप्ने तयारी रहेको छ । कुमार इङनाम, माधव चौलागाईं, राजेनद्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

मन्त्रिपरिषद् बैठक विस्तारका लागि बिहीबार प्रधानमन्त्री कार्कीले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।

सम्बन्धित खबर