२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

Nada
२०८२ मंसिर २५ गते २१:३५
Shares
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

काठमाडौं :  नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । 

ncell

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे । 

राईका अनुसार १०औं महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो ।

राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।’ –रासस 

सम्बन्धित खबर