२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो, विदेशीलाई बोलाइन 

Nada
२०८२ मंसिर २५ गते २०:४०
Shares
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो, विदेशीलाई बोलाइन 

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा १६ दललाई निम्तो दिइएको छ । बिहीबार केन्द्रीय कार्यायल च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले दलका प्रतिनिधिहरूलाई उपस्थितिका लागि निम्तो दिएको जनाएको छ । 

ncell

नेता महेश बर्तौलाका अनुसार दलहरूका प्रतिनिधिलाई उपस्थितिका लागि निम्तो दिइएको हो । उनले विदेशी राजनीतिक दलहरूलाई भने आमन्त्रण नगरिएको बताए । 

एमाले महाधिवेशन मंसिर २७ गतेबाट २९ सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन जनपरिचालनलाई विशेष प्राथमिकता दिएको नेता बर्तौलाले बताए । हजारौंको संख्यामा नेता–कार्यकर्ता महाधिवेशनका लागि काठमाडौं आउनेक्रम जारी छ । 

महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताइएको छ ।

सम्बन्धित खबर