२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च पुग्यो कांग्रेस 

Nada
२०८२ मंसिर २१ गते १७:४३
Shares
प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च पुग्यो कांग्रेस 

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ । कांग्रेस नेता श्यामकुमार घिमिरेसहित विघटित प्रतिनिधिसभाका ११ जना सदस्यले पेस गरेका हुन् । 

ncell

पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीमार्फत् निवर्तमान सांसदहरूको हस्ताक्षर वारेसमार्फत् पठाइएको रिटमाथि सर्वोच्चले अध्ययन गरिरहेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

यसअघि एमाले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च पुगेको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ । 

कांग्रेसले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको भन्दै रिट पेस गरेको हो । गत भदौ २७ मा कार्की प्रधानमन्त्री बनेकी थिइन् र सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो । 

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सिफारिस गरेकी छन् । कांग्रेस केन्द्रीय समितिले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर