२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

देउवा र ओलीबीच भेटवार्ता, निर्वाचन केन्द्रित छलफल 

Nada
२०८२ मंसिर १९ गते १६:१४
Shares
देउवा र ओलीबीच भेटवार्ता, निर्वाचन केन्द्रित छलफल 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो ४ बजे देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको हो । 

ncell

जेनजी आन्दोलन (भदौ २३–२४) पछि उनीहरूबीच सार्वजनिक रूपमा भएको यो पहिलो भेट हो । आगामी राष्ट्रिय सभा (माघ ११) र प्रतिनिधिसभा (फागुन २१) निर्वाचनका विषयमा छलफल केन्द्रित रहने बताइएको छ । 

जेनजी आन्दोलनका क्रममा आक्रमणका शिकार देउवा दम्पति हालै मात्र सिंगापुरबाट उपचार गरेर फर्किएका हुन् । त्यसपछि देउवाले पार्टीको कार्यबाहक सभापति जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका छन् ।

सम्बन्धित खबर