२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

भगौडा कृषि वैज्ञानिकलाई हाजिर हुन नार्कको सातदिने सूचना

Nada
२०८२ मंसिर १४ गते २१:४९
Shares
भगौडा कृषि वैज्ञानिकलाई हाजिर हुन नार्कको सातदिने सूचना

काठमाडौं : अध्ययन विदा बसेर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ कृषि वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन् । अध्ययन बिदा सकिएको लामो समयसम्म सम्पर्कमा नआएपछि नार्कले उनीहरुलाई बर्खास्त गर्न प्रक्रिया सुरु गरेको छ । 

ती कर्मचारीलाई अध्ययनविदापछि हाजिर हुन आउने कबुलियतनामा गराइएको थियो । तर सर्त उल्लंघन गर्दै उनीहरु बेपत्ता भएका हुन् । नार्क स्रोतका अनुसार, सम्पर्कमा नआएका अधिकांश कर्मचारी विदेशिएका छन् । 

कबुलियतनामा सर्तविपरित अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर छन् । त्यस्तै, डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित रहेको नार्कले जनाएको छ ।

सम्पर्कविहीन कर्मचारीहरुलाई स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचनामार्फत भनेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा भनिएको छ, ‘परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क) को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’ 

ताजा खबर

सम्बन्धित खबर