२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कामदारलाई निगमको हवाई टिकटमा विशेष छुट

Nada
२०८२ मंसिर १३ गते ०६:२५
Shares
कामदारलाई निगमको हवाई टिकटमा विशेष छुट

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौंबाट वैदेशिक रोजगारीका लागि चार गन्तव्यमा जाने कामदारका लागि विशेष छुटको घोषणा गरेको छ । निगमका अनुसार साउदी अरेबियाको दम्माम, कतारको दोहा, युएईको दुबई तथा मलेसियाको क्वालालम्पुर जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर तोकेको बताएको छ ।

ncell

श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साबिकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको निगमले जनाएको छ ।

श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट भाडादरको सेवा लिन सक्ने निगमको भनाइ छ । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास लिइएको  निगमले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर