२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

Nada
२०८२ मंसिर १२ गते २०:५०
Shares
एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

काठमाडौं : ‘इनर्जी, भिजन, फ्युचर’ थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले दुई अवार्ड प्राप्त गरेको छ । कम्पनीले ‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’ गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको हो ।

ncell

नेपालमा इभी प्रवर्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीले ती पुरस्कारहरू प्राप्त भएको हो । कम्पनी नेपाललाई स्वच्छ उर्जाका यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ ।

ईभी क्षेत्रमा वहन गरेको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको कम्पनीको दाबी छ । एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १ हजार २ सय ५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ । यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ । देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको कम्पनीको दाबी छ ।

एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् । यसको ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत रहेको र २४÷७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउने गरेको कम्पनीले जनाएको छ । यसको सेवा प्रणालीमा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स तथा अफ–रोड सेवा जस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन् ।

समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ, यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ, ग्राहक को सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ ।’

ताजा खबर

सम्बन्धित खबर