२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

चुनावअघि महाधिवेशन नगर्ने पक्षमा ७ भाइ 

Nada
२०८२ मंसिर ११ गते १७:५१
Shares
चुनावअघि महाधिवेशन नगर्ने पक्षमा ७ भाइ 

काठमाडौं ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निकट नेताहरूले प्रतिनिधिसभा चुनावअघि महाधिवेशन नगर्न आग्रह गरेका छन् । 

ncell

आज (बिहीबार, मंसिर ११) महाराजगञ्जस्थित देउवाको निवासमा भएको छलफलमा सात भाइ (प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महत) समूहका नेताहरूले चुनावअघि महाधिवेशन गरे पार्टीलाई क्षति पुग्ने बताए । 

देउवाले समस्या समाधान गर्न सहमतिको प्रयास गर्न निर्देशन दिए पनि ठोस निर्णय भएको छैन । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले भने पुसभित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने मागसहित ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइसकेका छन् । 

यस विवादका कारण केन्द्रीय समिति बैठक एक महिनादेखि अनिर्णित छ । आज बस्ने भनिएको बैठक भोलि दिउँसो २ बजेसम्म सारिएको छ, तर बैठक हुने निश्चित छैन । 
 

ताजा खबर

सम्बन्धित खबर