२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले महाधिवेशन सचिवालय बैठक बुधबार बस्ने

Nada
२०८२ मंसिर ९ गते १८:३३
Shares
एमाले महाधिवेशन सचिवालय बैठक बुधबार बस्ने

काठमाडौं : नेकपा (एमाले) को ११औं महाधिवेशन सचिवालयको पहिलो बैठक बुधबार बिहान ८ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ । 

ncell

महाधिवेशन तयारीका लागि बनेको महासचिव शंकर पोखरेलको संयोजकत्वमा रहेको व्यवस्थापन कमिटीले सबै १३ उपसमितिका संयोजकहरूलाई बैठकमा सहभागी हुन बोलाएको छ ।

बुधबारको बैठकमा प्राविधिक तयारीबारे प्रारम्भिक समीक्षा गरिने तथा उपसमिताहरूलाई आफ्नो कार्ययोजना बुझाउन केही दिनको समय प्रदान गरिने बताइएको छ ।

बैठकमा सचिवालयका ३ सदस्यसहित उपसमितिका संयोजकहरू व्यवस्थापनका काशीनाथ अधिकारी, जनपरिचालनका प्रदीप ज्ञवाली, आवास व्यवस्थापनका छविलाल विश्वकर्मा, खाद्य व्यवस्थापनका लेखराज भट्ट, यातायातका गोकर्ण विष्ट, अतिथि सत्कारका रघुवीर महासेठ, स्वयंसेवक परिचालनका भानुभक्त ढकाल, प्रचारकी पद्मा अर्याल, मञ्च व्यवस्थापनका विनोद श्रेष्ठ, स्वास्थ्यका कृष्णगोपाल श्रेष्ठ र आर्थिकका विष्णु रिमाल सहभागी हुनेछन् ।

ताजा खबर

सम्बन्धित खबर