२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उठ्ने घोषणा

अभिभावक बनेर नेतृत्व हस्तान्तरण गर्न ओलीलाई आग्रह

Nada
२०८२ मंसिर ९ गते १६:०८
Shares
ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उठ्ने घोषणा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष उठ्ने घोषणा गरेका छन् । अध्यक्ष बनेर पार्टीका नेताहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 

ncell

ओली तेस्रोपटक अध्यक्ष हुने तयारीमा रहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेलको घोषणाले एमालेमा नयाँ ध्रुबीकरण हुने देखिएको छ । उम्मेदवारी घोषणा गर्दै नेता पोखरेलले अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

‘आन्तरिक लोकतन्त्र सम्बन्धी आफैलेअघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु’ उनले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’ 

जेनजी आन्दोलनअघि र पछि परिस्थिति धेरै फेरिएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीबाट आएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । 

ताजा खबर

सम्बन्धित खबर