२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेकपाको एकता सन्देश सभाले निर्वाचनका लागि दबाब सिर्जना गर्नेछ : प्रचण्ड

Nada
२०८२ मंसिर ९ गते १५:०८
Shares
नेकपाको एकता सन्देश सभाले निर्वाचनका लागि दबाब सिर्जना गर्नेछ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनका लागि दबाब सिर्जना गर्ने बताएका छन् ।

ncell

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका विभिन्न कम्युनिष्ट घटक दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखि विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।

एकता सन्देश सभामा लाखौं जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचन गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडि बढ्ने उनले बताए । 

उनले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर