२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रचण्ड नेतृत्वको नेकपा र जसपा अध्यक्ष श्रेष्ठ समूहबीच एकता कहिले ? 

Nada
२०८२ मंसिर ८ गते १७:५६
Shares
प्रचण्ड नेतृत्वको नेकपा र जसपा अध्यक्ष श्रेष्ठ समूहबीच एकता कहिले ? 

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुने भएको छ । एकता घोषणा यही मंसिर ११ गते राष्ट्रिय सभा गृहमा दिउँसो १ बजे औपचारिक कार्यक्रम सञ्चालन हुनेछ ।

ncell

यसअघि मंसिर १० गते तय गरिएको घोषणासभामा देशभरका नेता तथा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्न एकदिन पछाडि सारिएको जसपाका नेता दुर्गा सुवेदीले बताए । एकता तयारीका लागि मंसिर १० गते सोह्रखुट्टेको नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिनेछ ।

एकता समारोहमा दुवै पक्षका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आइतबार अशोक राई नेतृत्वको जसपाबाट राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुुने भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर